हल्का वर्षाको सम्भावना आज, कस्तो छ आगामी तीन दिनको मौसम?

काठमाडौंः आज हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी क्षेत्रका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जानकारी दिएको छ ।
यसैगरी देशका धेरै स्थानमा भने आंशिक र सामान्य बदली भएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ४ गते (आइतबार)
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
फागुन ५ गते (मंगलबार)
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
फागुन ६ गते, (मंगलबार)
दिउँसोः देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
रातिः देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पूर्वी पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखा मौसम मौसमी प्रणाली