विदेश

कोरोनाभाइरस संक्रमणः भारतले फिर्ता ल्यायो चीनको वुहानमा रहेका ३२४ भारतीयलाई

कोरोनाभाइरस संक्रमणः भारतले फिर्ता ल्यायो चीनको वुहानमा रहेका ३२४ भारतीयलाई

काठमाडौंः कोरोना भाइरस संक्रमणले गम्भीर रुप लिइरहदाँमा भारतले चीनको वुहानमा फसेका भारतीयलाई देश फिर्ता गरेको छ ।

३२४ भारतीय बोकेको एयर इण्डियाको डबल डेकर जम्बो ७४७ विमान शनिबार विहान दिल्ली पुग्यो । फर्किएकामध्ये अधिकाशं वुहानमा बसेर अध्ययन गर्ने विद्यार्थी छन् ।

विमान शुक्रबार राति वुहानबाट उडेको थियो । वुहानबाट ल्याएका सबै भारतीयलाई सैन्य चिकित्सा सेवा र विमानस्थलको स्वास्थ्य निकायले जाँच गर्नेछ ।

यदी कसैलाई कोरोना भाइरस लक्षण भेटिएमा तिनलाई हरियाणाको मानेसरको शिविरमा लगिनेछ । सेनाले चीनबाट फर्काइएका भारतीयमा कोरोनाभाइरस देखिएहरुमा अलग्याएर उपचार गर्नको लागि उक्त शिविर बनाएको हो ।

मानेसरको शिविरमा ३०० व्यक्तिको उपचार गर्न सकिने हिसाबले बनाइउको छ । उता, चीनमा कोरोनाभाइरसको कारण मर्नेको संख्या २५९ पुगिसेको छ भने झण्डै १२ हजार मानिस भाइरस संक्रमित भएका छन् ।

शुक्रबार विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको विस्तारलाई लिएर विश्व स्वास्थ्य संकटकाल घोषणा गर्‍याे । कोरोना भाइरस अहिलेसम्म विश्वका २१ देशमा फैलिसकेको छ । तथापि कोरोना भाइरसबाट मर्ने मानिस चीनभित्रका मात्र छन् ।

कोरोना भाइरस वुहान

विशेष