News

घाँटी रेटर युवतीको हत्या

घाँटी रेटर युवतीको हत्या

सल्यानः जिल्लाको त्रिवेणी गाउँपालिका–१ तल्लो काभ्राकी १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको छ । हत्याको ३ दिन भइसक्दा पनि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन ।

सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाका अनुसार कविताको गत शुक्रबार घर नजिकै हत्या भएको थियो । उनको स्वाशनली काटेर हत्या भएको अवस्थामा शव भेटिएको डीएसपी खतिवडाले जानकारी दिए । 

‘शुक्रबार राति ९ बजेसम्म कोठामा एक्लै पढिरहेकी कविता घरका अन्य सदस्य सुतेपछि बाहिर निस्केको हुनसक्ने र त्यही बेला उनको घाँटी रेटर हत्या भएको हुनसक्छ,’ डीएसपी खतिवडाको भनाइ थियो ।घटनावारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सल्यान हत्या

विशेष