News

कुलमान घिसिङको दावीः ‘विद्युत प्राधिकरणको वार्षिक नाफा ९ अर्ब नाघ्यो’

कुलमान घिसिङको दावीः ‘विद्युत प्राधिकरणको वार्षिक  नाफा ९ अर्ब नाघ्यो’

काठमाडौंः नेपाल विद्युत प्राधिकरणको नाफा वार्षिक ९ अर्ब नाघेको छ ।

आज काठमाडौंमा ड्याफोडिल स्कुलद्धारा आयोजित ‘रेमिट्यान्स फर बेटर लाइफ’ कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा वार्षिक ९ अर्ब नाघेको जानकारी दिए । 

उनले पछिल्लो तीन वर्षयता विद्युत प्राधिकरणको नाफा बढ्दो क्रममा रहेको समेत बताए । १६ वर्षसम्म वार्षिक नौँ अर्बको हाराहारीमा घाटामा रहेको प्राधिकरण पछिल्लो तीन वर्षमा गुणात्मक नाफा गर्न सफल भएको कार्यकारी निर्देशक घिसिङले बताए । 

घिसिङका अनुसार विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमानले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन सुरु गरेको थियो ।

नेपाल विद्युत प्राधिकरण कुलमान घिसिङ

विशेष