News

पूर्वसभामुख महराको अन्तिम सुनुवाइ हुँदै, फैसला आजै

पूर्वसभामुख महराको अन्तिम सुनुवाइ हुँदै, फैसला आजै

काठमाडौंः पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे अन्तिम सुनुवाइ आइतबारबाट सुरु भएको छ ।  

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार सरकारी पक्षका वकिलहरुको बहस सकिएर महरा पक्षका वकिलहरुले बहस गरिरहेका छन् । आज साँझसम्म फैसला हुनसक्ने सम्भावना रहेको स्रेस्तेदार श्रेष्ठले जानकारी दिए ।

यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको हो। 

कृष्णबहादुर महरा काठमाडौं जिल्ला अदालत सुनुवाइ

विशेष