News

ललितपुरका पूर्वमेयर शाक्यको निधन

ललितपुरका पूर्वमेयर शाक्यको निधन

काठमाडौंः नेपाली कांग्रेसका नेता एवं ललितपुरका पूर्वमेयर बेखारत्न शाक्यको निधन भएको छ । शाक्य नेपाली कांग्रेसका तर्फबाट २०४९ सालमा ललितपुरको मेयरमा विजयी भएका थिए । २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका खेलेका शाक्य क्यान्सर रोगबाट पीडित भएपछि मेडिसीटी अस्पतालमा उपचार गराइरहेका थिए ।  
 
यसैबीच, नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले शाक्यको निधनको खबरले आफूलाई निकै दुःखी बनाएको बताएका छन् । सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै देउवाले भनेका छन्, ‘कठिन परिस्थिति, प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन र नेपाली काँग्रेसको संगठन निर्माणमा तपाईंले पुर्याउनु भएको योगदानको म उच्च सम्मान व्यक्त गर्न चाहन्छु ।’  

नेपाली काँग्रेस बेखारत्न शाक्य

विशेष