विदेश

अरविन्द तेस्रोपटक बने दिल्लीका मुख्यमन्त्री, मन्त्रिपरिषद् विस्तार

अरविन्द तेस्रोपटक बने दिल्लीका मुख्यमन्त्री, मन्त्रिपरिषद् विस्तार

नयाँदिल्ली - अरविन्द केजरीवाल तेस्रोपटक दिल्लीको मुख्यमन्त्री बनेका छन्। आम आदमी पार्टीका संयोजक केजरीवालले आइतबार मुख्यमन्त्रीको शपथ लिएका हुन्।

दिल्लीको रामलिला मैदानमा भएको विशेष समारोहमा अरविन्दलाई उपराज्यपाल अनिल बैजलले पद तथा गोपनीयताको शपथ गराए ।

केजरीवालपछि मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र गौतमले मन्त्री पदको शपथ लिएका छन्। केजरीवालको मन्त्रिमण्डलमा महिला सदस्य भने छैनन्। यस विषयमा विरोध भएको छ। 

आम आदमी पार्टीका सपथ ग्रहण समारोहका लागि प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएको थियो । तर प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वारायणी पुगेका छन् । दिल्लीका सात सांसद, सबै निगम पार्सद, भारतीय जनता पार्टी र कांग्रेसका प्रदेश अध्यक्षलाई पनि सपथ ग्रहण समारोहमा बोलाइएको थियो ।

विशेष