'कारागारमा रहेका ५० प्रतिशत कैदी निर्दोष छन्'
काठमाडौं – पूर्वसभामुख कृष्णबहादुर महराले डिल्ली बजार कारागारमा थुनिएका ५० प्रतिशत कैदी निर्दोष रहेको बताएका छन् ।
जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका महराले कैदीहरूसँग बिदाइ भेट गर्दै यस्तो बताएका हुन् । उनले निर्दोष भए पनि जेल जीवन बिताइरहेका कैदीलाई छुटाउन पहल गर्ने आश्वासन पनि दिए ।
‘मैले यहाँ (डिल्लीबजार कारागार) बसुन्जेल थाहा पाएँ, ५० प्रतिशतभन्दा बढी कैदी निर्दोष छन् । म बाहिर गएर तपाईंहरूको रिहाइका लागि पहल गर्नेछु,’ महराले भने ।
अहिले डिल्लीबजार कारागारभित्र महरालाई बिदाइ गर्ने कार्यक्रम भइरहेको छ । पूर्वआईजीपी रमेशचन्द ठकुरी र सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइरालाले खादा लगाएर महरालाई बिदाइ गरे । महरा डिल्ली बजार कारागारको ‘क’ ब्लकमा बस्दै आएका थिए ।