News

जिप दुर्घटनामा सहलेखापालको मृत्यु

जिप दुर्घटनामा सहलेखापालको मृत्यु

राजविराजः जीप दुर्घटनामा परी सप्तरीको कञ्चनरुप नगरपालिका कार्यालयमा कार्यरत सहलेखापालको ज्यान गएको छ । जिप दुर्घटनामा परेर मृत्यु भएको व्यक्ति कञ्चनरुप नगरपालिका–६ घोघनपुर निवासी अन्दाजी २८ वर्षीय कञ्चनरुप नगरपालिकामा कार्यरत सहलेखापाल सुरेन्द्र नारायण चौधरी रहेको प्रहरीले पुष्टि गरेको छ । 

पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जीप अनियन्त्रित हुँदा वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा शुक्रबार दुर्घटना भएको थियो । जीप करिब दुई मिटर तल खोलामा खसेको बताइएको छ । सो दुर्घटनामा उनको मृत्यु भएको हो । सोही दुर्घटनामा जीपका चालक सोही ठाउँ बस्ने ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन् । उनको काठमाडौंमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सलाई उदृत गर्दै कञ्चनरुप नगरपालिकाले बताइएको छ ।

नीजि जीप भाडा लिएर कञ्चनरुप नगरपालिकाको मुद्दा पेसीका लागि काठमाण्डौ जार्दै गरेको अवस्थामा उक्त दुर्घटना भएको नगपालिकाका एक कर्मचारीले जानकारी दिए । मृतक चौधरीको शव शनिबार बिहान नगरपालिका कार्यालयमा राखेर अन्तिम श्रद्धाञ्जलीपछि नगरपरिक्रममा गरेर कोसी नदीमा अन्तिम संस्कारका गरिएको परिवारले बताएको छ । चार दाजुभाइ मध्ये उनी जेठो अविवाहित थिए। उनको कान्छो भाई नविन चौधरीले दागवति दिएका छन् ।  

कञ्चनरुप नगरपालिका जीप दुर्घटना राजविराज सहलेखापाल

विशेष