News

ठूलीभेरी नदीमा तुईनबाटै वारपार गर्छन गाडी

ठूलीभेरी नदीमा तुईनबाटै वारपार गर्छन गाडी

रुकुम पश्‍चिम। ठूलीभेरी नदी वारपार गर्न तल्लु–छोटेबगरमा पुल छैन । तर पनि वारिका गाडी पारि पुग्छन्, पारिका गाडी वारि आउँछन्– तुइनमा झुन्डिएर । सवारीधनीले पारि लगे ६० हजार र वारि ल्याए ३० हजार रुपैयाँ तुइन सञ्चालकलाई तिर्छन् ।

जाजरकोट–डोल्पा सडकअन्तर्गत तल्लु–छोटेबगर खण्ड जोड्न गाडी तार्नकै लागि तुइन बनाइएको हो । तुइनमा झुन्ड्याएर गाडी आठबीसकोट नगरपालिका–४ छोटेबगरसम्म ल्याउने गरिएको हो ।छोटेबगरदेखि डोल्पासम्म गाडी चल्छ । बिग्रेका गाडी मर्मतका लागि राडीबजार, सुर्खेत र नेपालगन्ज लैजान पनि छोटेबगरबाटै नदी तारिन्छ ।

तुइनमार्फत तारिएका जिप, ट्याक्टर रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको छोटेबगरेखि त्रिवेणीसम्म र त्यहाँदेखि डोल्पाको दुनैसम्म सञ्चालन भइरहेका छन् । डोल्पा–जाजरकोट सडकको छोटेबगर–डोल्पा खण्डको ट्र्याक खुलेपछि २०७१ सालमा तुइन बनाइएको हो । आठबीसकोट नगरपालिका–४, ५ र ६ का स्थानीयले आफ्नै लगानीमा तुइन निर्माण गरेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा हरि गौतमले लेखेका छन।  


 

गाडी तुईन

विशेष