महरा विरुद्धको मुद्दामा आज फैसला

काठमाडौंः महिला बलात्कार प्रयास अभियोगमा कारागार परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको फैसला आज हुने भएको छ।
आइतबार नै फैसला हुने भनिएपछि हेर्दाहेर्दै राखिएको मुद्दाको फैसला आज हुने भएको हो । जिल्ला अदालत काठमाडौंमा आइतबार दुवै पक्षको बहस सकिइसकेको छ । तर फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरा पुर्पक्षका लागि हाल डिल्ली बजार कारागारमा छन् ।
कृष्णबहादुर महरा मुद्दा