News

फेरि नेपाल प्रवेश गर्दै पश्चिमी वायू, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान    

फेरि नेपाल प्रवेश गर्दै पश्चिमी वायू, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान    

काठमाडौंः नेपालमा साेमबारदेखि फेरि मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको हो । 

‘यसले कति दिन र कस्तो प्रभाव पार्नेछ भन्ने कुरा पछि नै अनुमान गर्न सकिनेछ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘त्यही दिन (बुधबार) चाहिँ देशका पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ ।’

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार बुधबार दिउँसो मौसम देशभर सामान्य बदली हुनेछ भने देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पनि मौसम तथा वर्षाको सम्भावना दिउँसोको जस्तै रहेको बुलेटिनमा उल्लेख छ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने भएकाले बुधबारपछिको अवस्था पछि नै भन्न सकिने मौसमविद् नगरकोटीले बताइन्।  

आगामी तीन दिनको मौसम पूर्वानुमान    

फागुन ०५ गते (सोमबार)

दिउँसोः देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। पूर्वी र मध्यका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका पूर्वी र मध्यका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहने छ। पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

फागुन ०६ गते (मंगलबार)

दिउँसोः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ। 

रातीः देशका पूर्वी र मध्यमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ।  पूर्वी र मध्यका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

फागुन ०७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

पश्चिमी वायू मौसम पूर्वानुमान

विशेष