News

पूर्वमेयर शाक्यको निधनमा सार्वजनिक बिदा

पूर्वमेयर शाक्यको निधनमा सार्वजनिक बिदा

काठमाडौंः पूर्वमेयर बेखारत्न शाक्यको निधनमा ललितपुर महानगरपालिकाले आज शोक बिदा दिने निर्णय गरेको छ ।

शाक्यको आइतबार ८९ वर्षको उमेरमा निधन भएको थियो । नेपालमा २०४७ सालको परिवर्तनपछि पहिलोपटक ललितपुरको मेयरमा निर्वाचित भएका शाक्य आधुनिक ललितपुरका योजनाकार पनि थिए ।

मेयरको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका थिए । महानगरले एक सूचना निकाल्दै १ देखि २९ सबै वडाका कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको छ ।  

सार्वजनिक बिदा बेखारत्न शाक्य ललितपुर महानगरपालिका

विशेष