News

सेनाको हेलिकोप्टर लिएर कालापानी उडे उपप्रधानमन्त्री पोखरेल

सेनाको हेलिकोप्टर लिएर कालापानी उडे उपप्रधानमन्त्री पोखरेल

दार्चुलाः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टर लिएर दार्चुलाको कालापानी क्षेत्रको भ्रमणका लागि उडेका छन् । रक्षा मन्त्री पोखरले आज विहान त्यसतर्फ उडेका हुन् ।   

ब्यास गाउँपालिका वडा नम्बर १ गागामा स्थापना गरिने सशस्त्र प्रहरीको बिओपी निर्माण गरिने ठाउँ र कालापानीको वस्तुस्थिती बुझ्न  मन्त्रीसहित जनप्रतिनिधी र सेनाका प्रतिनिधि त्यसतर्फ गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । आइतबार दार्चुला आइपुगेका मन्त्री पोरखेलले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण  गरेका थिए ।

भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ। उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहेको जनाइएको छ । उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए ।  

ईश्‍वर पोखरेल दार्चुला हेलिकोप्टर कालापानी

विशेष