विदेश

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ सय नाघ्यो

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ सय नाघ्यो

काठमाडौंः कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १७ सय नाघेको छ । आइतबार हुबेई प्रान्तमा आइतबार थप सय जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १७ सय नाघेको हो । 
 
पछिल्लो २४ घण्टामा थप एक सय जनाको मृत्यु भएसँगै चीनमा १७ सय ६५ र चीन बाहिरका चार देशमा एक–एक जना गरी १७ सय ६९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । गएको २४ घण्टामा कोभिड १९ का २ हजार ४८ नयाँ बिरामी भेटिएका छन् । कोरोनाको उत्पत्तिस्थल हुबेईमा हालसम्म सङ्क्रमितको सङ्ख्या ५८ हजार १ सय ८२ पुगेको छ । विश्वभर गरेर यो सङ्ख्या ७१ हजार २ सय ४ पुगेको छ ।

४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जापानमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकीमध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उक्त भाइरस नियन्त्रणका लागि प्रयास गरिरहेको भए पनि हालसम्म सफल हुन सकेको छैन ।

कोरोना भाइरस

विशेष