News राजनीति

शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त

शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त

काठमाडौंः निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई कानुनमन्त्रीमा नियुक्त गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनका अनुसार तुम्बाहाङ्फेलाई आज साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ । 

यसअघि उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् । लामो समयको विवादपछि उनले अन्ततः राजीनामा दिएकी थिइन् ।  

शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री केपी शर्मा ओली

विशेष