News

खरिपाटीका स्थानीयवासीका लागि स्थापना गरियो छुट्टै हेल्थ डेस्क

खरिपाटीका स्थानीयवासीका लागि स्थापना गरियो छुट्टै हेल्थ डेस्क

भक्तपुर। चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ ।

स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले स्थानीय बासिन्दाका लागि निःशुल्क हेल्थ डेक्स राखिएको जानकारी दिए।

यसैबीच चीनको वुहानबाट नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ ।

चार वटा बसमा १७५ जनालाई खरिपाटीको क्वारेन्टाइनमा र लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई अर्को बसमा नगरकोटस्थित खानेपानी तालीम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पुर्याईएको थियो।

खरिपाटी हेल्थ डेस्क

विशेष