News

आरआर क्याम्पसमा विद्यार्थीबीच कुटाकुट

आरआर क्याम्पसमा विद्यार्थीबीच कुटाकुट

काठमाडौंः प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थीबीच झडप भएको छ । आज बिहान नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका विद्यार्थीबीच झडप भएको हो।

गत शनिबार दुवै संगठनका विद्यार्थी पिकनिक गएका थिए । आज सोही विषयमा भएको सामान्य विवादले राजतीनिक रुप लिएपछि दुवै संगठनका विद्यार्थीबीच कुटाकुट भएको हो।

आरआर क्याम्पस स्ववियु सभापति तपेन्द्र शाहीले सामान्य विवादले राजनीतिक रुप लिएपछि विद्यार्थीबीच झडप भएको बताए । यस्तै नेविसंघ नेता उत्तम साउँदले नेविसंघ समर्थित विद्यार्थीलाई अखिलका कार्यकर्ताले पिटेको आरोप लगाएका छन्।

प्रहरीले उक्त घटनामा संलग्न केही विद्यार्थीलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ ।  

कुटाकुट झडप रत्न राज्यलक्ष्मी क्याम्पस

विशेष