News

तिब्र गतिमा सवारी चलाउने चालकले लिखित परिक्षा दिनुपर्ने

तिब्र गतिमा सवारी चलाउने चालकले लिखित परिक्षा दिनुपर्ने

विराटनगर। तिब्रगति र लापरवाहीपुर्वक सवारी साधन चलाउने चालकले लिखित परिक्षा दिनुपर्ने भएको छ।  प्रदेश १ को पूर्व-पश्चिम र कोशी राजमार्ग अन्तर्गतको सडक खण्डमा सार्वजनिक यात्रुबहाक सवारी साधन छिटो कुदाउने चालकसँग लिखित परीक्षा लिन थालिएको हो।  

चालकको लापरबाही र तीव्र गतिमा गाडी कुदाउँदा राजमार्गमा अत्याधिक दुर्घटनाबढेको भन्दै ट्राफिक प्रहरीले यतो उपाय अपनाएको हो। ८० प्रतिशत दुर्घटना चालकको लापरबाही र तीव्र गतिका कारण भएको पाइएको छ । ट्राफिक प्रहरीका अनुसार ७० प्रतिशत दुर्घटना राजमार्गमा भएका छन् ।

पहिलो चरणमा राजमार्गको झापा, मोरङ र सुनसरी खण्डमा चल्ने गाडीका चालकले परीक्षा दिनु पर्ने नियम लागू गरिएको हो । केही समय भित्रै प्रदेशका १४ वटै जिल्ला र सबै सडक खण्डमा यो नियम  लागू गर्ने ट्राफिकको तयारी छ । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही गरिए पनि लापरबाही नरोकिएपछि चालकसँग लिखित परीक्षा लिन सुरु गरिएको जानकारी दिए । 

लिखित परिक्षा चालक

विशेष