News

पूर्व सभामुख महरालाई अदालतले दियाे सफाइ

पूर्व सभामुख महरालाई अदालतले दियाे सफाइ

काठमाडौं - पूर्व सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहार मुद्दामा जिल्ला अदालतले सफाइ दिएको छ। काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख सभामुख महरालाई सफाइ दिएको हो।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । बहस सकेर आइतबार नै फैसला हुने भनिए पनि उक्त मुद्दा हेर्दा हेर्दैमा सोमबारलाई राखिएको थियो ।

आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन ।

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् । यसअघि कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले महरालाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

विशेष