News विदेश

कोरोना भाइरसका कारण अस्पतालका निर्देशकको मृत्यु

कोरोना भाइरसका कारण अस्पतालका निर्देशकको मृत्यु

काठमाडौँ – चीनमा फैलिएको कोरोना भाइरसका कारण फेरि अर्का चिकित्सककाे मृत्यु भएको छ । वुहान वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहान मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।

भाइरस सुरू भएपछि झिमिङको नेतृत्वमा वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको अगाडि बढाएको थियो । अस्पतालमा काम गर्दै गर्दा उनी बिरामी भएका थिए । उपचार हुँदै गर्दा उनको मृत्यु भएको समाचारले जनाएको छ ।

यसअघि भाइरसका कारण डाक्टर लि वेनलियाङको मृत्यु भएको थियो । उनले नै पहिलोपटक कोरोना भाइरसबारे जानकारी दिएर सतर्क रहन आग्रह गरेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर दबाव दिएका थिए । पछि उनी बिरामीको उपचारका क्रममा भाइरसको संक्रमणमा परी मृत्यु भएको थियो । उनको मृत्युपछि करोडौँ चिनियाँले शोक व्यक्त गरेका थिए ।

भाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान मृत्यु भएको छ भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

विशेष