News

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा चार जना धरौटीमा रिहा

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा चार जना धरौटीमा रिहा

काठमाडौं- करीब ३८ क्वीन्टल सुन तस्करीको चर्चित प्रकरणका फरार ४ जना अभियुक्त जिल्ला अदालत मोरङले धरौटिमा छाडेको छ। उनीहरू सुटुक्क अदालतमा हाजिर भएपछि कानुनअनुसार छुटेका छन्

जिल्ला अदालत मोरङका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले धरौटीमा छाड्ने आदेश दिएपछि चुणामणि उप्रेती गोरेकी श्रीमती, नर्वदा, चेतनाथ भण्डारी, गीता श्रेष्ठ र सुनील श्रेष्ठ रिहा भएका हुन् ।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करीब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा २०७५ बैशाख १९ गते ६३ जनालाई प्रतिवादी बनाएको थियो । उनिहरुमाथी अपराधिक समूह स्थापना गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो ।

फरक-फरक मितिमा हाजिर भएका उनीहरुलाई जिल्ला अदालत मोरङका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले गत पुस ४, १६ र २१ गते उनिहरुलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । 

विशेष