कोरोनाको कारण मृत्यु हुनेको संख्या १९ सय पुग्यो
एजेन्सी–कोरोना भाईरसका कारण चीनमा थप ९३ जनाको मृत्यु भएसंगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १९ सय पुगेको छ ।
गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाको मृत्यु भएको हो ।
अन्य २६ देशमा फैलिएको कोरोनाका कारण ७३ हजार चार सय भन्दा बढी प्रभावित भएका छन् । कोरोनाका कारण तीन हजार भन्दा बढी स्वास्थ्यकर्मी पनि प्रभावित भएको समाचारमा जनाइएको छ ।
कोरोनाको महामारी फैलिएपछि विभिन्न देशले चीनको भ्रमण गरेर फर्किएका नागरिकलाई कम्तिमा दुई साता क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् । त्यसैगरी चीनसँगका सीमानाकाहरुमा पनि चेकजाँचमा कडाइ गर्नुका साथै आवागमनमा रोक लगाइएको छ ।