News

जवरजस्ती करणी गर्ने युवक प्रहरीको फन्दामा

जवरजस्ती करणी गर्ने युवक प्रहरीको फन्दामा

काठमाडाैँ – रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं। १८ का १९ वर्षीय रामकिशन थारुलाई जवरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

सोमबार राती आफ्नै गाउँकी एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा थारुलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

मदिरा सेवन गरेर रातीको समयमा महिला एक्लै भएको मौका छोपेर थारुले घरभित्र पसि जवरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताए । पक्राउ परेका थारु बिरुद्ध जवरजस्ती करण उद्योगमा कारवाहीकालागि अनुसन्धान अगाडी बढाईएको पनि उनले जानकारी गराए ।

विशेष