News

कानुनमन्त्री बनिन तुम्बाहाङ्फे

कानुनमन्त्री बनिन तुम्बाहाङ्फे

काठमाडौँ। पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सोमबार शपथ ग्रहण गरेकी छन् । तुम्बाहाङ्फेलाई सोमबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुनमन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दिइएको थियो।नवनियुक्त मन्त्री तुम्बाहाङ्फेलेसोमबार नैसिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार समेत ग्रहण गरिसकेकी छन्।

अग्‍नि सापकोटालाई सभामुख बन्ने बाटो खोलिदिनका लागि तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिइएकी थिइन्। लामो समयसम्म प्रतिनिधि सभाको सर्वोच्च पद रिक्त हुने भन्दै उनले राजीनामा नदिने अडान राख्दै आएकी थिइन्। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। 

डा. शिवमाया तुम्बाहाङ्फे

विशेष