कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १८ सय नाघ्यो
एजेन्सी। चीनमा कोरोना भाइरस (काेभिड–१९) बाट मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । सोमबारसम्म १ हजार ८ सय ६८ जनाको मृत्यु भएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।
सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको मृत्यु हो । १ हजार ८ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ ।
काेराेनाका कारण चीनबाहिर चार जनाकाे मृत्यु भइसकेकाे छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस