News

शिवरात्रिको दिन मनोकामना पूरा गर्न अपनाउनुहोस् यस्ता उपाय

शिवरात्रिको दिन मनोकामना पूरा गर्न अपनाउनुहोस् यस्ता उपाय

हरेक फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथीमा शिवरात्रि पर्व धुमधामसंग मनाईने गरिन्छ। यो बर्षको महाशिवरात्रि पर्व फेब्रुअरी २१ अर्थात् फागुन ९ गते मनाईदै छ।  

महाशिवरात्रिका दिन शिव भक्तहरू पूर्ण भक्तिसाथ उपवास बस्ने गर्छन। यस दिन शिवमन्दिरमा भक्तहरूको ठूलो भीड पनि  देख्न सकिन्छ। यस दिन, शिव भक्तहरूले भगवान शिवको पूजा र आराधना गर्छन् र रातमा जागृत हुन्छन्। यसैदिन देवी पार्वती र भगवान शिवको विवाह भएको पनि मान्यता रहेको छ।  

महाशिवरात्रीको दिन केहि मन्दिरबाट बारात पनि निकालिने गरिन्छ। यति मात्र होइन केहि स्थानमा त मण्डप बनाएर शिव पार्वतीको धुमधामसँग बिवाह समेत गर्ने गरिन्छ। यसका अलावा केहि मानिस मनोकामना पुरा गर्न यस्ता उपायसमेत अपनाउने गर्छन।

शिवरात्रिको दिन मनोकामना पुरा गर्ने उपाय 

मानसिक शान्ति

पानीमा कालो तिल मिसाई शिवलिङ्गमा अभिषेक गर्ने र 'ऊँ नम: शिवाय'को मन्त्र जप गर्ने 

सन्तान प्राप्ति 

शिवरात्रिको दिन आटाको पिठोले ११ शिवलिङ्ग स्थापना गर्नुहोस र शुद्ध जलले अभिषेक गर्नुहोस। जसले गर्दा सन्तान प्राप्तिको सम्भावना धेरै रहन्छ। 

विवाह 

यदि विवाहमा अनेक प्रकारका अड्चन आइपरेका छन भने शिवलिंगमा केशर मिश्रित दुध चढाउनुहोस्। 

सुख समृद्धि 

शिवरात्रीमा बेलको हरियो पत्ता अर्पण गर्नाले सुख समृद्धि प्राप्त हुन्छ। 

महाशिवरात्री

विशेष