News

महायज्ञमा पूजापाठ गर्न मधेश जाँदै राष्ट्रपति भण्डारी

महायज्ञमा पूजापाठ गर्न मधेश जाँदै राष्ट्रपति भण्डारी

काठमाडौंः भ्रमण वर्ष २०२० लाई लक्षित रौतहटको मौलापुर नगरपालिकाको पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा हुने मधानी महायज्ञमा विशेष पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज रौतहट जाने भएकी छन् । मौलापुर नगरपालिका–५ पतौरामा रहेको मन्दिर प्राङ्गणमा हुने महायज्ञमा राष्ट्रपति भण्डारीले आज विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।  

महायज्ञ स्थल, मूल समारोह, पूजा, मन्दिरलगायतको क्षेत्रमा तयारी पुरा भएको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले जानकारी दिएकी छिन् । महायज्ञमा राष्ट्रपति भण्डारीले विशेष पूजा गर्ने तथा पशुपतिनाथ मन्दिरका मूल भट्टद्वारा मन्त्रोच्चारण गराई विशेष पूजा गर्ने कार्यक्रम रहेको नगर प्रमुख साहले बताइन् ।

स्थानीय प्रशासन, सुरक्षा निकाय, आयोजकलगायतले निरन्तर सक्रियतापूर्वक राष्ट्रपति भण्डारीको स्वागतको तयारी गरिएको छ । पर्यटन प्रवर्द्धन गर्न तथा भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना भएको महायज्ञमा यस क्षेत्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले भगवान शिवको विशेष पूजा अनुष्ठानको आयोजना गरेको पूर्वमन्त्री तथा संघिय संसद प्रभु साहले जानकारी दिएका छन् ।  

रौतहट विद्यादेवी भण्डारी पूजापाठ महायज्ञ

विशेष