गुन्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौंः गुन्डा नाइके सत्यमान लामालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी वृत महाजगञ्जको टोलीले सोमबार राति पक्राउ गरेको हो । उनलाई मापसे गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको महाराजगञ्ज प्रहरीले जनाए पनि थप खुलाएको छैन् । लामालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लामा गुन्डा नाइके दावा लामाका सहयोगी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले २०७५ असारमा पनि लामालाई पक्राउ गरेको थियो । त्यतिखेर प्रतिनिधिसभा सदस्य नवीना लामाले पक्राउ परेको केही घन्टा बित्न नपाउँदै जमानतमा रिहा गराएकी थिइन् । त्यसपछि पनि महानगरीय अपराध महाशाखाको टोलीले चेक बाउन्सको मुद्दामा पक्राउ गरेको थियो ।
सत्यमान लामा पक्राउ महानगरीय प्रहरी वृत महाजगञ्ज