६ छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
झापाः पढाउने क्रममा ६ जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापाबाट एक जना शिक्षकलाई पक्राउ गरिएको छ ।
छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै उनीहरूका अभिभावकले दिएको उजुरीका आधारमा प्रहरीले बुद्धशान्ति गाउँपालिका–६ बस्ने २१ वर्षीय नरेन थापालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार ६ जना छात्राका अभिभावकले संयुक्त रूपमा फागुन २ गते प्रहरीमा उजुरी दिएपछि शिक्षक थापालार्य सोही दिन पक्राउ गरिएको हो ।
शिक्षक थापामाथि मुद्दा दर्ता गराई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । आरोपित थापा स्थानीय एक विद्यालयमा कार्यरत शिक्षक हुन् । विद्यालयमा र ट्युसन पढाउने क्रममा शिक्षक थापाले छात्राहरू माथि यौन दुर्व्यवहार गर्दै आइरहेको उजुरीमा उल्लेख छ ।
झापा शिक्षक यौन दुर्व्यवहार शिक्षक पक्राउ