कोरोना भाइरसका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु

एजेन्सीः कोरोना भाइरस जन्मिएको शहर वुहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको आज बिहान मृत्यु भएको छ ।
कोरोना भाइरसद्वारा संक्रमित झिमिङको उपचारको क्रममा स्थानीय समयानुसार बिहान साढे १० बजे निधन भएको हो । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले उनको निधनबारे जानकारी दिएको छ ।
करिब दुई हप्ताअघि कोरोना भाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि निधन भएको थियो ।
कोरोना भाइरस वुहान लिउ झिमिङ वुहान अस्पताल