News

पोखरा निर्माणाधीन विमानस्थलमा कार दुर्घटना, एक जनाको मृत्यु

पोखरा निर्माणाधीन विमानस्थलमा कार दुर्घटना, एक जनाको मृत्यु

पोखराः कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित निर्माणाधीन विमानस्थलमा कार दुर्घटना हुँदा एक कामदारको ज्यान गएको छ । 

सोमबार बेलुकी ८ बजे विमानस्थलका कामदार सवार रहेको प्रदेश ३, ०१ ०२२ च ०६६१ नम्बरको कार खाल्डोमा खसेको थियो । प्रहरीका अनुसार दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा कारमा सवार स्याङ्जाको बिरुवा घर भइ पोखरास्थित चाउथेमा बस्दै आएका २७ वर्षीय यामबहादुर मगर छन् । मगरको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार राति पौने ९ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका कार चालकसहित तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कास्की कार दुर्घटना निर्माणाधीन विमानस्थल

विशेष