News

बल्खु तरकारी बजारमा काम गर्ने एक व्यक्ति खोलामा मृत फेला

बल्खु तरकारी बजारमा काम गर्ने एक व्यक्ति खोलामा मृत फेला

काठमाडौंः बल्खु तरकारी बजारमा काम गर्ने एक जना खोला किनारामा मृत फेला परेका छन् । आज बिहान बल्खु तरकारी बजार नजिकै उमेश महतोको शव खोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

गत माघ २७ गते देखि उनी हराइरहेका थिए । ‘पारिवारिक समस्या देखिएको छ गत माघ २८ गत देखि हराइरहेको रहेछ, आज मृत भेटियो,’ महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम बहादुर कुँवरले बताए ।

उनका अनुसार थप अनुसन्धान भइरहेको छ ।

बल्खु तरकारी बजार उमेश महतो

विशेष