News

श्रीस्वस्थानी वाचन शैलीमा गगनले भने, ‘चोरीको सामान किन्दा विष्णु–विष्णु भन्नु!’

श्रीस्वस्थानी वाचन शैलीमा गगनले भने, ‘चोरीको सामान किन्दा विष्णु–विष्णु भन्नु!’

काठमाडौंः काँग्रेस सांसद गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा नेकपाका नेताहरुलाई जोगाएको भन्दै श्रीस्वस्थानी वाचन शैलीमा व्यङ्ग्य प्रहार गरेका छन् । 

आजको बैठकमा बोल्दै सांसद थापाले भने, ‘कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमुनि! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु! थाहा पाईहाले होइनहोइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्नेभए हत्तपत्त चोरीको सामान फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु!’, थापा यतिमै रोकिएनन् ।

अघि बढ्दै भने, ‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियारपुराणे, कुमारविष्णु सम्वादे, श्रीस्वस्थानी व्रतकथाये बालुवाटार प्रकरणवर्णनाम प्रथमअध्याय धन्यवाद!’ 

गगन थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ललिता निवास जग्गा प्रकरण श्रीस्वस्थानी वाचन

विशेष