अरूण कि आशाराम मुद्दाको फैसला
काठमाडाैँ – १५ महिना लामो कानुनी बहसपछि नेपालमा स्वामि आनन्द अरूणद्धारा संचालित तपोवनसहित स्याड्जा वालिगं निवासी भुबन कुमारि अधिकारीको जाहेरीले दर्ता भएको फैसला भएको छ। साईबर क्राईम सम्बन्धि उक्त मुद्दाको काठमाडौ जिल्ला अदालतले गत आइतबार फैसला गरेको हो।
त्यस्तै न्यायधिश श्रीप्रसाद संजेलको इजलासले स्वामी आनन्द अरूण ( अरूण कुमार सिह) ले स्वामि देब सुन्दर र अंशु गुरूड्बिरूद दर्ता भएको गाली बेइज्जती मुद्दा भने खारेज गरेको हो।
तपोबनले स्वामी देब सुन्दर बिरूद ३ वटा मुद्दा, अंशु गुरूड् बिरूद्द २ वटा र पोखराका सन्यासी स्वामी समर्थबिरूद १ मुद्दा दर्ता भएको थियो। अरूण कुमारले आश्रम भित्र महिला सेबिका भुबन कुमारी अधिकारीले गोडॉमा तेल मसाज गर्दै गरेको फोटो महिला माथि अन्याय र शोषण भयौ भन्ने आशयको क्यापसनसहित स्वामी समर्थले पोष्ट गरेका थिए।
तर राजनिति शक्ति र पैसाको आडमा अरूणले भुबन कुमारी अधिकारीलाई समेत प्रभावमा पारि स्वामी समर्थ र फोटो लाईक गर्ने ११५ जना मध्ये आफ्नो बिरूद बोल्ने स्वामी देब सुन्दरलाई फसाउन उनी सफल भएका थिए।
नेपाल आजको अनलाईनमा अन्तरवार्ता दिएका अंशु गुरूड् र स्वामि देब सुन्दरबिरूद थप मुद्दा समेत अरूणले दर्ता गराएका थिए।अरूणले तपोबनमा प्रसादको रूपमॉ शुक्रकिट बाढ्छ, अरूण तपोबनले कर छली र शिबपुरि राष्ट्रीय निकुन्ज को जगॉ हडपेको बिषयमा स्वामि देब सुन्दरले बोलेका थिए।
नेपाल सरकारले आज सम्म पनि उपरोक्त जंगा फिर्ता लिन र तपोबनलाई करको दायरा ल्याऊन सकेको छैन तर तपोबन बिरूद बोल्नेलाई कारबाही गर्न अरूण स्वामि सफल भएका छन्। अरूणले गरेको अन्यायको बिरूद्द बोल्नु र फेशबुकमा पोष्ट भएको फोटो लाईक गर्नु कुनै अपराध हैन, फैसला प्राप्ति पछि उचं अदालतमा पुनरावेदन गर्ने उनले बताए।