News राजनीति

गगन थापाको विष्णु पौडेलमाथि सांसदमै कडा प्रहार, अख्तियारले किन गर्‍यो यस्तो झेल 

गगन थापाको विष्णु पौडेलमाथि सांसदमै कडा प्रहार, अख्तियारले किन गर्‍यो यस्तो झेल 

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा सांसद गगनकुमार थापाले नेकपा नेता विष्णु पौडलेलाई लक्षित गरी कडा आलोचना गरेका छन्। उनले बालुवाटार जग्गा प्रकरणको विषयलाई लिएर संसदमै व्यंग्य गर्दै सरकारलाइ चोरीको समान नकिन्न सुझाव दिएका छन् ।

यदि चोरीको सामान किनिहाले लोकले थाहा नपाउने गरी किन्नु, यदि थाहा पाइहालेपछि होइन होइन भन्नू भन्दै उनले सरकार र सत्तारूढ नेकपा नेताहरू (विशेषगरी विष्णु पौडेल) तर्फ व्यङ्ग्यवाण हानेका हुन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थाापाले भने, ‘अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू, यदि थाहा पाइहालेमा उनीहरूकाे चित्त बुझाउन नसकेर अप्ठ्यारोमा पनि पर्नेभो र सामान फर्काउनू । अनि हत्तपत्त दुइपटक विष्णु-विष्णु भन्नू । त्यसमा पनि लोकले चित्त बुझएनन् भने गोकुल धाममा गएर खड्क उचाल्नू र चारपटक विष्णु विष्णु भन्नू, त्यसको प्रभावले तिम्रो-हाम्रो लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन् ।’

बालुवाटारस्थित ललिता निवासकाे सरकारी जग्गा व्यक्तिकाे हाल्ने काण्डमा नेकपा महासचिव विष्णु पाैडेलसमेत मुछिएका थिए ।तर अख्तियार उनका छाेराकाे नाउँमा किनिएकाे साे सरकारी जग्गा फिर्ता गर्न मन्जुर भएकाे भन्दै प्रतिवादी बनाउन उपयुक्त नदेखिएकाे बताएकाे थियाे । जबकि साे काण्डमा मुछिएका भूमाफिया र पूर्वमन्त्रीसहित १७५ जना विरूद्ध भने अख्तियारले मुद्दा चलाएकाे छ । साेही प्रसंगमा नेता थापाले सरकार र नेकपा नेताप्रति संसदमा व्यंग्य गरेका हुन् ।

विशेष