चिनियाँ दूतावासकाे विज्ञप्तिमाथि सम्पादकहरुको कडा प्रहार(विज्ञप्तिसहित)

चिनियाँ दूतावासकाे विज्ञप्तिमाथि सम्पादकहरुको कडा प्रहार(विज्ञप्तिसहित)

काठमाडौं - कान्तिपुर मिडिया ग्रुपकाे अंग्रेजी अखबार ‘द काठमाडु पोस्ट’मा प्रकाशित एक लेखका सन्दर्भमा चीन सरकारले देखाएकाे गैर जिम्मेवार कदममाथि सम्पादकहरुले आपत्ति जनाएका छन् । चीन सरकारकाे निर्दशनमा नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमाथि सम्पादकहरुले आपत्ति जनाएका हुन् ।

विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकहरुले एक विज्ञप्ति जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासले जारी गरेको वक्यतव्यको भर्त्सना गरेका हुन् । ‘द काठमाडौं पोस्ट’को मंगलबार (१८ फ्रेब्रुअरी २०२०)को अंकमा ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ भन्ने शीर्षकको लेख प्रकाशित भएको थियो ।

अन्य सञ्चारमाध्यमबाट शाभार गरी प्रकाशित गरिएको उक्त लेखमा चिनियाँ मुद्रा (युआन)को १०० दरको नोटमा अंकित माओत्से तुंगको तस्वीरमा माक्स लगाइएको थियो । सोही विषयप्रति आपत्ति जनाउँदै चिनियाँ दूतावासले मंगलबार नै एउटा वक्तव्य जारी गरेको थियो । जसमा द काठमाण्डु पोस्टका सम्पादकको नाम नै उल्लेख गरी ‘फर्दर एक्सन’को चेतावनी दिइएको छ ।

सञ्चारमाध्यमका सम्पादकहरुले दूतावासको वक्तव्यमा सम्पादकको नाम नै उल्लेख गरी धम्की दिने कार्य भर्त्सनायोग्य भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ ‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं । तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ । त्यस्तो कार्यको हामी भर्त्सना गर्दछौं ।’

संम्बधित खबर

विशेष