News

दुई देशको भिसा नीतिः चिनियाँ नागरिकलाई निशुल्क, नेपाली नागरिकलाई तीन गुणा शुल्क

दुई देशको भिसा नीतिः चिनियाँ नागरिकलाई निशुल्क, नेपाली नागरिकलाई तीन गुणा शुल्क

काठमाडाैँ – चीनमा काेरना भाइरसकाे त्रास फैलिएकाे अवस्थामा नेपालले चिनियाँ नागरिकलाई निःशुल्क भिसा सेवा प्रदान गरिरहेको छ भने चीनले नेपाली नागरिकको लागि भिसा शुल्कमा वृद्धि गरेको छ। चीनले नेपाली नागरिका लागि भिसा शुल्कमा झण्डै तीन गुणाले वृद्धि गरेको छ।

भिसा दिने प्रक्रिया लगायत कामकाे लागि चिनियाँ दूतावासले दरबार मार्गमा रहेको राइजिङ मलमा नयाँ भिसा आवेदन सेवा केन्द्र खोल्ने तयारीमा जुटेकाे छ। त्यहाँ सबै कागजात संकलन गरेर चिनियाँ दूतावासमा बझाउने गरी काम कारहवाही अगाडि बढाइएकाे छ। चिनियाँ दूतावासले भिसा प्रदान गर्ने र थप कागजातहरू सोध्ने लगायत सम्पुर्ण अधिकार अाफ्नाेमा निहित हुने गरी काम अगाडि बढाएकाे हाे।

विगतमा चिनियाँ दूतावासले नेपाली रूपैयाँ २ हजार २ सय भिसा शुल्कको रूपमा लिन्थ्यो र भिसा प्रक्रियाका लागि चार दिन तर नयाँ भिसा आवेदन सेवा सेन्टरले ६ हजार १ सय रूपैयाँ चार्ज गर्दैछ।

त्यस्तै तीन दिनमा भिसा लिनका लागि एक नेपाली नागरिकले नेपाली ४ हजार ९ सय रूपैयाँ तिर्नु पर्ने थियो तर अब यो नेपाली १० हजार ७ सय ५० रूपैयाँसम्म बढाइएको छ।

त्यसै गरी, दुई दिनमा भिसा लिन अर्काे नेपालीले ६ हजार २०७ नेपाली रूपैयाँ तिर्नुपरेको थियो तर अब यो दर बढाइएको छ । त्याे भने नेपाली १४ हजार कायम गरिएकाे छ। चिनियाँ दूतावासले पनि नेपाली नागरिकको अधिकांश भिसाकाे शुल्क एक वर्षकाे अवधिमा  बढाएको छ।

विशेष