गोठमा बाँधीराखेको भैंसी चोर्ने गिरोह पक्राउ
स्याङ्जा। वडा प्रहरी कार्यालय वालिङले भैसी चोर्ने गिरोह पक्राउ गरेको छ ।
फागुन ३ गते राति भीरकोट १ बस्ने तेजबहादुर केसीको दुईबर्षको पाडी र फागुन ४ गते राति भीरकोट २ बस्ने जमुना केसीको ७ बर्षको लहिनो भैसी गोठबाटै चोरी भएको थियो ।
भैसी चोरी भएको उजुरी प्रहरीलाई दिएपछि अनुसन्धान थालेको प्रहरीले फागुन ५ गते जीप सहित दुईजनालाई पक्राउ गरेको थियो । भीरकोट २ बस्ने बर्ष २४ को अजमत अलि र सोही जीपमा सवार सोही स्थानका बर्ष २७ का महमद अलिलाई पक्राउ गरेको थियो ।
ग १ ज ५८४१ नम्वरको जीपमा भैसी र पाडी बयरघारी तर्फ ल्याउदै गर्दा प्रहरीले सोधपुछ गर्दा भैसी किनेको खुलाउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
तेजबहादुर र जमुनालाई सोही स्थानमा बोलाई भैसी पाडी देखाउदा उनीहरुले आफ्नो बताएपछि जीप सहित प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले बताए ।
भैंसी चोर