News

सामान्य वर्षासँगै हिमपातको सम्भावना: यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

सामान्य वर्षासँगै हिमपातको सम्भावना: यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौँ। पश्चिमी वायुको प्रभावले देशका पश्चिमी भूभागका पहाडी तथा हिमाली भेगमा सामान्य वर्षासँगै हिमपातको सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज पश्चिमी क्षेत्रका केही स्थानमा सामान्यदेखि आंशिक बदलीसहित वर्षा र हिमपातको सम्भावना रहेको जनाएको हो ।महाशाखाले पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ०७ गते (बुधबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा लगायत मध्य तथा पूर्वि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

रातिः देशभर सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ०८ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातिः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

फागुन ०९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखा

विशेष