६४ बर्षपछि नेपाल प्रहरीमा नयाँ ऐन

काठमाडौं । २०१२ सालमा बनेको नेपाल प्रहरी ऐनको सट्टा मुलुकको संघीय संरचनाअनुसार प्रहरीको व्यवस्थापनसँग सम्बन्धित नयाँ ऐन मंगलबारबाट लागू भएको छ ।
संघीय संसद्ले पारित गरेको विधेयकलाई गत २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि ‘प्रहरी कर्मचारी समायोजन ऐन, २०७६’ प्रमाणीकरण भएको आठौं दिन मंगलबारबाट लागू भएको हो ।
नयाँ ऐन आएपछि संविधानले व्यवस्था गरेअनुसार प्रदेश प्रहरीको संरचना गठनका लागि प्रदेश प्रहरी ऐन गठनको बाटो खुलेको छ । संविधानअनुसार केन्द्रले तयार गरेको प्रहरी ऐनसँग नबाझिने गरी प्रदेशले प्रदेश प्रहरी ऐन बनाउन सक्नेछन् ।