विदेश

ग्यास चुहावट हुँदा पाकिस्तानमा १४ जनाको ज्यान गयो

ग्यास चुहावट हुँदा पाकिस्तानमा १४ जनाको ज्यान गयो

एजेन्सी। पाकिस्तानमा ग्यास चुहावटका कारण १४ जनाकाे मृत्यु भएकाे छ। कराची सहरको कैमारी क्षेत्रमा ग्यास चुहावट भएकाे हाे। 

बीबीसीका अनुसार सिन्ध प्रान्तको स्वास्थ्य विभागले १४ जनाकाे मृत्यु भएकाे पुष्टी गरेकाे छ। अधिकारीहरुका अनुसार दुई दिनदेखि काम गरिरहेकाे भएपनि ग्यास चुहावटबारे पत्ता लाग्न सकेकाे छैन। 

कैमारी क्षेत्रका व्यक्तिहरूले सास फेर्न गाह्रो भएको, आँखा, घाँटी र नाकमा जलन भएको र आँखाबाट आँसु बगेकाे बताएका छन्। आइतवार रातिदेखि अचानक मानिसहरुमा समस्या देखिन थालेकाे हाे। 

सिन्ध प्रान्तका नगरपालिका मन्त्री नासिर हुसेन शाहले हालसम्म दुई सय पचास मानिस प्रभावित भएर अस्पतालमा भर्ना भएकाे बताए। केहि उपचारपछि घर फर्किएका छन्।

ग्यास चुवाहट कसरी भयो भन्ने एकिन पुष्टि हुन सकेको छैन। 

ग्यास चुहावट

विशेष