३ महिनामा तयार भयो हालसम्मकै ठूलो खुकुरी
पर्वत। पर्वतको जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा उनको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूलो खुकुरी तयार गरिएको हो।
८० किलोको कुखुरी साढे १० फिट अग्लो रहेको छ। गत मङ्सिर ४ गतेदेखि खुकुरी बनाउन सुरु गरी माघ २९ गते सम्पन्न भएको उनले जानकारी दिए। सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल विकको समूहले तीन महिनाको अवधिमा निर्माण भएको खुकुरी अहिले पर्वत बेनीमा जारी १३ औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा प्रदर्शनीमा राखिएको छ।
उनले माझफाँटमा डिलु आरान उद्योग सञ्चालन गर्दै आएका छन्। खुकुरीलाई चासो र जिज्ञासाको साथ अवलोकन गरी फर्कने गरेको रेडियोका दिदी बहिनीका अध्यक्ष कल्पना चापागाईंले जानकारी दिए।
महोत्सवको मञ्चको छेउमा कुखुरीलाई ठाडो पारेर सबैले देख्न सक्ने गरी राखिएको छ। खुकुरीमा फलामसँगै बिँडमा सालको काठ र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको छ।
खुखुरी