गाेकुल बाँस्कोटाले खुलाए राजीनामा दिनुकाे यस्ताे कारण
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले राजीनामा दिएको कारण खुलाएका छन् । उनले अाफू नैतिकताेका आधारमा राजीनामा दिएको बताए।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए ।
बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’
यसअघि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बाँस्कोटाले राजीनामा दिएको सदनलाई जानकारी दिएका थिए।
७० देखि ७५ करोड कमिसन आउने र कमिसनको ७० प्रतिशत सञ्चारमन्त्रीले लिने अडियो वार्ता बाहिर आएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत दलहरुले बाँस्कोटाको राजीनामा माग गर्दै आएका छन् ।