News

सांसद चौधरीकाे रिहाइकाे मुद्दामा उठाएका थारुले तोडे अनसन

सांसद चौधरीकाे रिहाइकाे मुद्दामा उठाएका थारुले तोडे अनसन

धनगढी – धनगढीमा थरुहट थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले अनसन तोडेका छन् । आमरण अनशन बसेका उनले आठौँ दिनमा अनसन ताेडेका हुन्। कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जना कैदीबन्दीको रिहाइ लगायतको माग राख्दै फागुन १ गतेदेखि अनशन बसेका थारुले बिहीबार अनसन तोडेका हुन् ।


उनलाई कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जुस खुवाएर अनसन तोडाएका थिए ।जिल्लास्थित विभिन्न राजनैतिक दलहरूले माग पुरा गराउन पहल गर्ने लिखित प्रतिबद्धता दिएपछि उनले अनसन तोडेका हुन् ।

टीकापुर घटनाबारे सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा बनेको समिति र अन्य विभिन्न समयमा बनेका छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न र अन्य मागहरू राजनैतिक रूपले पुरा गर्न जिल्लाका क्रियाशील राजनैतिक दलहरू एक भएपछि अनसन तोडेको थरुहट थारुवान् राष्ट्रिय मोर्चाका सल्लाहकार कृष्णकुमार चौधरीले बताए ।

उनले आन्दोलनका अन्य विकल्प अघि सार्ने विषयमा पनि सहमति भएको जानकारी दिए । ‘सरकारले हाम्रो माग सम्बोधन गर्न चासो दिएन । तर, यहाँका दलहरूले सरकारलाई पहल गर्ने बताएपछि अनसन तोडिएको हो’ उनले भने, ‘अनसन तोडे पनि हाम्रो आन्दोलन भने रोकिने छैन ।’

विशेष