News राजनीति

गोकुल बाँस्कोटाका कारण घुस डिलिङ्गको प्रकरणमा प्रधानमन्त्रीको पनि नाम जोडियो

गोकुल बाँस्कोटाका कारण घुस डिलिङ्गको प्रकरणमा प्रधानमन्त्रीको पनि नाम जोडियो

काठमाडौँ – गोकुल बाँस्कोटाका कारण घुस डिलिङ्गको प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम पनि मुछिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ । उनले भने,‘त्यसकारण प्रधानमन्त्री ओलीमाथि पनि शंका रहेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइको विषयमा गरेको संवाद बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि कांग्रेसले यस्तो धारणा दिएको हो । 

संसदभवन बाहिर नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्रीको बाँस्कोटाको राजीनामाले मात्रै नहुने उल्लेख गर्दै यो विषयमा प्रधानमन्त्रीको संलग्नता छैन भन्ने कुरा पुष्टि नहुने बेलासम्म देश आश्वस्त नहुने बताए । 

प्रधानमन्त्रीले बिहीबार सार्वजनिक भएको अडियो एक महिना अगाडि नै सुन्नुभएको कुरा बाहिर आएको उल्लेख गर्दै थापाले भने, ‘अडियो सुनेपछि प्रधानमन्त्रीले गोकुल बाँस्कोटा एकातिर अरु सबै एकातिर राख्दा पनि पुग्दैन भनेर दिएको अभिव्यक्ति के हो ?’ थापाले प्रधानमन्त्रीले दिएका टिप्पणीहरुका आधारमा प्रधानमन्त्रीको अभिभावकत्व, प्रधानमन्त्रीको संरक्षकत्वमा यी कुराहरु भइरहेका थिए वा प्रधानमन्त्रीलाई जानकारी थिएन भन्दै ? प्रश्न गरे । 

विशेष