बाजुरामा ४.३ रेक्टरको भूकम्प

बाजुरा। बाजुरामा गएराती ४ दशमलव ३ रेक्टरको भूकम्प गएको छ ।
जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पले के कति क्षति पुर्यायो भन्ने बरेअमा बिस्तृत विवरण नआइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। भूकम्पपछि स्थानीयको भागदौड मच्चिएको थियो।