News

लाइसेन्स परिक्षामा ५९ प्रतिशत आयुर्वेदिक डाक्टर उत्तीर्ण

लाइसेन्स परिक्षामा ५९ प्रतिशत आयुर्वेदिक डाक्टर उत्तीर्ण

काठमाडौँ। नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलद्वारा लिएको लाइसेन्स परिक्षामा ५९ प्रतिशत डाक्टर पास भएका छन् । उक्त परीक्षामा चिकित्सा शास्त्रमा स्नातक(व्याचलर इन आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी/बीएएमएस) गरेका ३९ जना चिकित्सक सहभागी भएकोमा २३ जनाले पास गरेका हुन ।

फागुन ३ गते लिइएको लाइसेन्स परीक्षाको परिणाम बुधबार सार्वजनिक गरिएको हो ।वर्षेनी दुई पटक लाइसेन्स परीक्षा लिने गरिएको छ । काउन्सिलका अध्यक्ष प्रा.डा.धनिकलाल भर्खेलको अनुसार यस अघि भदौ महिनामा पहिलो पटक लाइसेन्स परीक्षा सञ्चालन भएको थियो ।

हाल मुलुकका कलेजहरुबाट वर्षेनी १८० जना आयुर्वेदका चिकित्सक उत्पादन हुने अवस्था छ । काउन्सिलमा ७२९ जना आयुर्वेदका डाक्टर दर्ता गरिएका छन् ।

आयुर्वेदिक डाक्टर उत्तीर्ण

विशेष