News

बिहीबारको दिन नगर्नुहोस् यस्ता गल्ति, हुनेछ हानी

बिहीबारको दिन नगर्नुहोस् यस्ता गल्ति, हुनेछ हानी

हिन्दु धर्ममा  साताका सातै बार विभिन्न देवीदेवतासंग सम्बन्धित रहेको हुन्छ। र यी सबै दिनलाई महत्वपुर्ण पनि मानिन्छ।  यद्धपी बिहिवारको अन्य बारको तुलनामा छुट्टै महत्व रहेको छ। ज्योतिषशास्त्रका अनुसार बिहिवार बृहस्पति ग्रहसंग सम्बन्धित रहेको हुन्छ त्यस्तै बिहिवारलाई भगवान बिष्णुको दिन पनि मान्ने गरिन्छ।  यति मात्र नभई बिहिवार साई बाबाको पनि बिशेष पुजा आराधना गर्ने गरिन्छ।  मान्यता अनुसार बृहस्पति ग्रह अन्य ग्रहको तुलनामा बढी शक्तिशालि हुन्छ जसले गर्दा यस दिन जिवनमा हानी नोक्सानी हुने कुनै पनि काम गर्नु हुदैन। यसले पारिवारिक सुख समृद्धि र आर्थिक नोक्सानी व्यहोर्न पर्ने मान्यता रहेको छ।  शास्त्रका अनुसार महिलाको जन्मकुण्डलीमा बृहस्पति ग्रह सन्तान र पतिको कारक हुन्छ। 

त्यसै कारणले बिहिवारका दिन महिलाहरुले यस्ता कामहरु नगर्दा नै राम्रो हुनेछ।

-बिहिवारको दिन सकेसम्म नुहाउने या कपाल काट्ने गर्नुलाई अशुभ मान्ने गरिन्छ।

-यस दिन यदि महिलाहरुले कपाल काट्ने या नुहाउने गरेमा सन्तानको सुख समृद्धिमा आंच आउने मान्यता रहेको छ।

-गुरुलाई ग्रहको जीव मान्ने गरिन्छ।  बिहिवार नङ काट्ने या सेविंग गर्ने गर्नाले बृहस्पति ग्रह कमजोर भई जिवनमा नकारात्मक असर पर्ने देखिन्छ।

-घरमा कुचो नलगाउनु होस्।   धेरै कपडा धुने , घर सफा गर्ने , कवाडी समान घरबाट निकाल्ने आदि गर्नाले सन्तानको धर्म , शिक्षा , उन्नति प्रगति आदिमा नकरात्मक प्रभाव पर्छ।

-बिहिवारको दिन भगवान विष्णुका साथै माता लक्ष्मीको पुजा गर्नुलाई पनि शुभ मानिन्छ।

-यस दिन लक्ष्मी नारायणको एकसाथ पुजा आराधना गर्नाले सुख समृद्धिका साथै आर्थिक पक्ष समेत बलियो भएर जाने मान्यता रही आएको छ।  

बिहीबार भगवान बिष्णु

विशेष