News

‘घुस बार्गेनिङ’को अडियोबारे मन्त्री बाँस्कोटाले भने, ‘काठमाडौं पुगेर सबै कुरा भन्छु’

‘घुस बार्गेनिङ’को अडियोबारे मन्त्री बाँस्कोटाले भने, ‘काठमाडौं पुगेर सबै कुरा भन्छु’

कञ्चनपुरः सूचना तथा सञ्चारमन्त्री गाेकुल बाँस्काेटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक भएकाे अडियाे टेपबारे प्रारम्भिक प्रतिक्रिया दिएका छन् । कञ्चनपुर भ्रमणमा रहेका मन्त्रीले बेलडाँडी गाउँपालिकाले आज बिहान आयाेजना गरेकाे कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा अडियाे काण्डबारे प्रतिक्रिया दिएका हुन् ।

"मेराे बारेमा चर्चा चलेकाे छ । तर अहिले यसबारेमा बिस्तृतमा भन्दिनँ ।" मन्त्रीले भने, "काठमाडौं पुगेर  म आफ्नाे धारणा राख्छु ।" व्यक्तिमाथि आराेपलाग्दा त्यसकाे असर व्यक्ति स्वयमलाई पर्ने बताउँदै मन्त्री बास्काेटाले आफूले गलत गरेकाे भए त्यसकाे सजाय भाेग्न तयार रहेकाे बताए । "व्यक्तिका लागि पार्टी जाँदैन । जसले गल्ती गरेकाे हाे त्याे जान्छ, यसले पार्टीलाई लैजान्छ भन्ने हाेईन । आत्तिनु पर्दैन । मैले गल्ति गरेकाे भए म जाउँला । विगतदेखि नै हाम्राे पार्टीकाे परिपाटी पनि यस्तै छ ।"

दुई दशकदेखि सत्तामा जान नपाएका शक्तिहरु वामपन्थी सरकारलाई बदनाम गर्न चाैबिसै घण्टा लागिपरेकाे बताउँदै मन्त्री बाँस्काेटाले अडियाे प्रकरण पनि त्यसकै निरन्तरता भएकाे बताए ।

अडियाे प्रकरणबारे तथ्यसहित बिस्तृत कुरा काठमाडौं गएर बाेल्ने उनकाे भनाई थियाे । मन्त्री बास्काटा आज नै बेलाैरी र पुनर्वासकाे कार्यक्रम सकेर काठमाडौं फर्किंदै छन् ।

घुस बार्गेनिङ गाेकुल बाँस्काेटा सेक्युरिटी प्रेस खरिद

विशेष